कोरोना अपडेट : विश्वभर मर्नेको संख्या ९ लाख नाघ्यो, भारत संक्रमणको केन्द्रबिन्दु




कोरोना अपडेट : विश्वभर मर्नेको संख्या ९ लाख नाघ्यो, भारत संक्रमणको केन्द्रबिन्दु

अखबारपत्र, काठमाडौँ, भदौ २५।  काठमाडौं । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ बाट विश्वभर मर्नेको संख्या ९ लाख नाघेको छ।
यस्तै संक्रमित संख्या २ करोड ८० लाख भन्दा बढी भइसकेको अवस्था छ । ‘worldometers’ मा दिएको तत्थ्यांक अनुसार संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकमा अमेरिका पहिलो स्थानमा छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः ब्राजिल र भारत छन्।

संक्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९५ हजार बढी मानिसको मृत्यु भइसकेको छ भनेर संक्रमित संख्या ६५ लाख ५० हजारको हाराहारी पुगीसकेको छ ।
भारत संक्रमित हुने संख्यामा अमेरिका भन्दा दोस्रो नम्बरमा छ भारतमा विहिबार विहानसम्मको अपडेटमा ४४ लाख ६३ हजार पुगेको छ । संक्रमितको संख्या अझै बढ्न सक्ने विभिन्न संञ्चार माध्यमले जनाएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्युहुनेको संख्या ७५ हजार नाघेको छ ।
सोमबार भारतमा ९० हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेका थिए। यो संख्या महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकैदिन भेटिएको उच्च संख्या हो।
यस्तै ब्राजिलमा मृतक संख्या १ लाख २८ हजार नाघेको छ, चौथो नंम्बरमा रहेको रसियामा संक्रमितको संख्या १० लाख ४१ हजार छ भने मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ ।

भारतमा संक्रमितको संख्या यसरी बढ्नुमा बुधबारबाट बारहरू खोल्ने अनुमति कारण पनि मानिसहरुमा कोरोना फैलिएको हुन सक्ने रोयटर्सले जनाएको छ।

यस्तै मृतक संख्या थपिने क्रम पनि भारतमा बढेको छ। पछिल्ला दुई सातादेखि भारतमा प्रत्येक दिन औषतमा हजारबढी मानिसको कोरोनाबाट मृत्यु हुँदै आएको छ।

 


प्रतिक्रिया