चीन-भारत सिमा बिवाद, पूर्वी लद्दाखमा दोहोरो फायरिङ




एजेन्सी :चीन र भारत सिमा विवादमा दुइ देशको सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ भएको छ ।

दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फायरिङ गरेको आरोप लगाएका छन् । चिनियाँ सेनाले भारतले सुरुमा वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ ।

भारतीय सञ्चारमाध्यमले सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच यो पहिलोप टक फायरिङ भएको बताएको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि जवाफमा फायरिङ गरेको जनाएको छ ।

केही दिनअघि पनि लद्दाखमा दुई देशका सैनिकबीच झडप भएको थियो । सो झडपमा भएको क्षतिको विवरण दुबै देशले सार्वजनिक गरेका छैनन् ।

जुन महिनामा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । सीमा क्षेत्रमा शान्ति कायम गर्ने विषयमा दुई देशविच पटक पटक सहमति भएपनि त्यसको कार्यान्वयन भएको छैन ।


प्रतिक्रिया