मनिला,भाद्र २२ । फिलिपिन्समा आइतबार ६ दशमलब ३ म्याग्निच्युडको शक्तशाली भूकम्प गएको छ ।
भूकम्पबाट कति र कहाँ क्षति भयो भन्ने यकिन भइसकेको छैन । अधिकारीहरुका अनुसार कतिपय स्थानमा भौतिक संरचना भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
समुद्री तटीय क्षेत्रमा भूकम्प गएको हो ।
स्थानीय मिडियाका अनुसार डिगोस सहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । यद्यपि भूकम्पको धक्का मानव बस्तीमा भन्दा पनि मानव रहित क्षेत्र र समुद्रमा पर्न गएको बताइएको छ।