एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् ।
अहिले उनी कुर्ता–सलवार र सारीमा मात्रै देखिन्छिन् । कहिले काहीँमात्रै गाउन र छोटो पहिरनमा देखिने टीना मेकअप र ड्रेसअप आफ्नो लागि आफै गर्न मन पराउँछिन् ।
मुकेश अम्बानीकी पत्नी नीता अम्बानी पनि बारम्बार चर्चामा आउने गर्छिन् । मुकेश धनी परिवारका भएपनि निता भने सामान्य परिवारबाट आएकी हुन् । अहिले सामाजिक सञ्जालमा उनी आफ्ना महङ्गा साडीका कारण चर्चामा आउने गर्छिन् । कुनै समय ८०० रुपैँया कमाई गर्ने नीता अहिले करोडौँ रुपैयासँग खेल्छिन् । मुकेश र निताको प्रेमकथा पनि उनीहरुको जीवन जस्तै रोचक रहेको छ ।
मुकेश अम्बानी भारतका सबैभन्दा धनी परिवारका भएपनि सामान्य परिवारबाट आएकी नीताले उनीसँग विवाह अघि ठूलो शर्त राखेकी थिइन् । नीतालाई मुकेशका लागि उनका पिता धिरुभाइ आफैँले चुनेका थिए ।
निताले मुकेशका अगाडि आफू जति नै ठूलो खानदानको बुहारी बनेपछि विवाहपछि पनि एउटा सामान्य जीवन बिताउने र आफ्नो जागिरलाई पनि निरन्तरता दिइरहने शर्त राखेकी थिइन् ।