कुनै एक समय नेपाली टेलिभिजनहरुमा बहस चलेको थियो कि किन नेपालीहरु बढी आक्रमक बन्दै गैरहेका छन् भन्ने विषयमा। बहसले किनारा त तय गर्न सकेन् तर धेरै जनाको मत भने खान–पिन, रहन्-सहन् र जीवन शैलीमा केन्द्रित रह्यो ।
सायद एक–दुई जना बाहेक कुनै पनि विद्धानहरुले आर्थिक पक्ष, राज्यले नागरिकलाई गरेको दोहनको परिणाम स्वरुप जन्मिएको नैराश्यता, राजनैतिक अस्थिरताले पारेको प्रभाव, भ्रष्ट्राचारले थिल–थिल पारेको संम्रचना र संघीयताले थिचेर लादिएको करको बोझले पिल्सिएको मनोदशा बारे अरु कसैले कुरा गरेनन् ।
गर्थे पनि किन– अघाएकाहरुलाई भोकको पिडा के थाहा, अर्को तिर परिर्वतन राजनितिको अहंकार छताछुल्ल थियो । हुन त यो हाम्रो अहिलेको विषय होइन तर आक्रमक मनोदशा पनि अहंकारकै उत्पादन भएको हुनाले उल्लेख गरिएको हो ।
वास्तवमा अहिले कसैको कसैसँग पनि मेल छैन । स्वार्थ जोडियो मेल भयो , स्वार्थ टुट्यो मेल टुट्यो । व्यक्ति–व्यक्ति, परिवार– परिवार, पुरा समाज, राजनैतिक दलहरु, देश–देश कसैमा पनि स्वार्थरहित मेल छैन । सबैको आत्मामा अहंकारको आगो दन्किएको छ। को भन्दा को कम ? श्रीमान-श्रीमती , बाउ-छोरा-छोरी,आमा-छोरा-छोरी, दाजु-भाई, दिदी-बहिनी सबैले इगो पालेर बसेका छन। अझ सडकमा त झन रमाइलो हुन्छ, तपाईले अगाडिको वाहनलाई उछिन्नुस त, उ तँपाइको प्रतिस्पर्धा गर्छ। सबैलाई जित्न परेको छ, अघि जानु छ। पछाडि पर्न अहंकारले दिदैन । अघि जाने हो भलै परिणाम जस्तो सुकै होस। यस्ता तक्षाण-मक्षाणले धेरै दुर्घटना निम्त्याएको छ, तर स्वभावमा परिवर्तन ल्याउन अहंकारले दिदैन। टिपर आतंक पनि अहंकारकै उत्पादन हो। अहंकारले सडक यात्रामात्र होइन पुरै जीवन यात्रा जोखिमपूर्ण छ ।
हामी सबैमा अहंकार छ, मात्रामा फरक होला। पद–प्रतिष्ठा रुप, शारिरीक संरचना,धन,पढाई, ज्ञान, जग्गा–जमिन, मौन तथा सार्मथ्य आदिको अहंकार। प्राय हामी सबैले अहंकारले। दिएको नकरात्मक परिणाम भोगिसकेका छौ तर पनि अहंकार हाम्रो आदरणीय मित्र हो। म सँग त धेरै छ तपाईहरुसँग के छ कुन्नी ? एक पटक म बुटवल जान टिकट लिए । निर्धारित समयमा कंलकी पुगे, बस पनि आयो। भित्र पसेर हेर्छु त मेरो सिटमा अर्को मान्छे बसेको, नजिक एउटा मान्छे टिकट हल्लाउदै सोहि सिटको दाबी गर्दै थियो । बसेको मान्छेले पनि त्यही सिटको टिकट देखाउछ । उभिएको मान्छेले मलाई देखाउदै खलासीसँग भन्छ ए भाई यसको पनि यही सिट रैछ। बस जे.एन घिमिरेको अहंकार उम्लियो – किन तँ भनिस एउटा शिक्षा क्षेत्रको मान्छे, कलाकार, पत्रकार र एउटा राजनितिक पार्टीको केन्द्रिय कमिटी सदस्यको अहंकार यति तिब्र भयो कि त्यो विचरा बसबाट झर्न बाध्य भयो भने खलासीले बसेको मान्छेलाई उठाएर घिमेरेलाई सिट दियो । वापरे वाप यो अंहकार ! मैले आफ्नो अंहकारको कथा लेख्ने हो भने रामायण बन्छ । यथार्थमा यो पनि मेरो अहंकारै हो ।
केही साधु, बाबा, धर्मगुरु, सत/सद/परम गुरुहरु छन जसले आफूलाई वुद्ध पुरुष मात्रै होइन भगवानको अवतार बताउँछन र उनको शरण/चरण नगए खुट्टा नढोगे मोक्ष प्राप्ति हुँदैन भनेर अंहकार प्रदर्शन गर्छन। डरको खेती गरेर आफ्नो व्यवसाय राम्रै चलाएका छन्। धर्मको नाममा, समाजसेवाको नाममा, शिक्षाको नाममा, राजनीतिको नाममा अहंकारको व्यापार मौलाएकै छ । अझ मजाका त आजकलका वरिष्ठ समाजसेवी पो छन् । रोइकराई गरेर विभिन्न व्यक्तिहरुसँग सामाग्री तथा रकम जम्मा ग¥यो अनि १०/१५ प्रतिशत आफुले राख्यो अरु समाजसेवामा लगायो। नाम, दाम र पिक्षलग्गु कमायो, गजबको जागिर। अर्काको सम्पतिमा मस्तको समाजसेवा । वाह रे समाजेसेवीहरु ! कतिपय समाजसेवी नामधारीहरुले त आधा भन्दा बढी रकम आफै कुम्ल्याउँछन । अहिलेको समाजसेवा एन.जि.ओ/आइ. एन.जि.आ जस्तै डलर कमाउने खेती पो भएको छ ।
अहंकार के हो ?
आइडी, इगो र सुपर इगोलाई मनोविष्लेषणको सिद्धान्तमा तीन अवधारणाको सेट’ मानिन्छ । मनोवैज्ञानिक उपकरणमा भिन्न अन्तरक्रियात्मक प्रतिनिधिको व्याख्या गरिएको हुन्छ । ती तीन प्रतिनिधि सैद्धान्तिक बनावट हुन जसले व्यक्तिको मानसिक जीवनको गतिविधि र अन्तरक्रियाको वर्णन गर्दछन । मनोविज्ञानमा ego लाई एकदम भ्रमपूर्ण अवधारणाको रुपमा लिने गरिन्छ । यसका साथमा egotism, ego defense, egocentrism, super ego आदि शब्दको प्रयोग गरिन्छ । यो अंग्रेजी शब्द ego ‘I’ को लागि प्रयोग हुने भावसूचक ल्याटिन शब्दहो ego लाई यसरी शाब्दिक रुपमा अनुवाद गर्दा ‘I’ अर्थात म’ भन्ने दर्शाउछ । मनोविज्ञानमा ‘ego’ सिगमण्ड फ्रोइड(Sigmund Freud) को सिद्धान्तको रुपमा प्रचलित छ। ओस्ट्रियन न्यूरोलोजिस्ट सिगमण्ड फ्रोइडले ‘ego’ लाई आफ्नो सिद्धान्तमा भित्र्याए पनि आफैले भने प्रयोग गरेनन्।
अभिमान, घमण्ड, सेरबी, भर्पाइ अहमत्याई, रिस तथा क्रोध दर्शाउन इगो लाई भावात्मक अनुवादको रुपमा अंहकार शब्दको प्रयोग गरिन्छ ।
अहंकार आफुलाई सर्वेसर्वा सम्झिने क्रिया, गुण या भाव हो । ओशोले बडो स्पष्टसँग अहंकारलाई प्रष्ट्याएका छन। गीतामा कृष्णले “म नै पर ब्रह्म हुँ ’’ भनेका छन । गीता तथा कृष्ण मान्नेहरुले त यसलाई स्विकार गर्छन तर अरुले त स्विकार गर्दैनन ।
हिन्दुको लागि गीता महान,इसाईका लागि वाइबल र मुसलमानको लागि कुरान। हरेक सम्प्रदाय आफुलाई महान सम्झिन्छ, मौका परे अरुको अस्तित्वनै स्विकार गर्दैन । ओशो भन्नुहुन्छ हामीअरुलाई परिवर्तन गर्न खोज्छौ तर आफ्नो घरमा अमृत भेटिए अरुलाई पिउन दिदैनौ । मुख्य कुरा त पहिला आफूलाई बदल्ने हो जुन हामी गर्दैनौ । ओशोको अनुसार अंहकार हिनता लुकाउने उपाय हो । महत्वकांक्षाको परिणाम हो । कमजोर मानसिकता, आत्मग्लानी हिनतावोधले अन्तमा अहंकारको काखमा पु¥याइ दिन्छ ।
के अहंकार गलत हो ?
हरेक चीज तथा वस्तुका सकरात्मक र नकरात्मक पाटाहरु अवस्य छन । मुल कुरा त प्रयोग कसरी गर्ने भन्ने हो । केपि ओलि र माधव कुमार नेपालको अहंकारले सिंङ्गो देश ग्रस्त छ अवन्नति तिर लागेको छ । दुई जनाको अहंकारले अदालतलाई समेत फोहोरी राजनितीमा तानेको छ । यस्ता अहमता त सरासर गलत हो ।
प्रचण्ड र बाबुरामको अहमताले सत्र हजार मान्छेको ज्यान लिएको छ । हिटलरको अहंकारले ६० लाख यहुदी मारिए एउटा राजाको अहंकारले जंगबहादुर जन्मियो । ज्ञानेन्द्रको अहंकारले नेपालमा गणतन्त्र आयो । कसै कसैको अहंकारले विरेन्द्र राजाको वंश नाश भयो । दुर्योधनको अहंकारले कौरवहरु समाप्त भए । यस्ता प्रलयकारी अहंकारहरु अवस्य सहि होइनन् ।
ईख नभएको मान्छे र विष नभएको सर्प भन्ने त हाम्रो उखानै छ । अंहकार वहुजन हिताय भए त ठीकै होला त्यो पनि अन्य कसैको अहित नगरेर । एउटा खेलाडीले स्वस्थ्य प्रतिस्पर्धा गरेर जितको अभिलाषा पूर्ण अहंकार राख्छ भने कसरी गलत भन्नु ? विद्यार्थीको धर्म पढेर अग्रता हासिल गर्ने सपनालाई कसरी अहंकार भन्न मिल्ला र ? नृत्य प्रतियोगितामा अत्यन्त मिल्ने साथीहरु बिच पनि त स्वस्थ्य प्रतिस्पर्धा हुन सक्छ । दुई कलाकार साथीहरुले उत्तम प्रदर्शनका लागि प्रतिस्पर्धा गर्नु उचितनै होला । अहंकार समय, परिस्थिति र अरुलाई अहित नहुनेगरी व्यक्तिगत सामाजिक र राष्ट्रिय तथा अन्तरराष्ट्रिय हितको निम्ति छ भने कसरी अहितकार भन्ने र ? गलत नियतले गरिएको अहंकार, डर, त्रास, हिनतावोध र महत्वकांक्षाका अहंकार त सरासर गलत नै हो । वास्तवमा हामी आफूलाई जब अर्कासँग तुलना गर्छौ, स्वतः अहंकार जन्मिन्छ र घातक पनि हुन्छ ।
अहंकार छोडन साह्रै कठीन छ । अहंकार छोड्नेहरु झन अहंकारी हुन्छन त्यसैले भगवान बुद्धले भन्नु भएको छ –
छ। अहंकार छोड्नुभन्दा बुझ्न जरुरी छ । ओशो भन्नु हुन्छ आफु शुन्यसँग राजी भए अहंकार समाप्त हुन्छ । सबै हुने व्यक्ति यो संसारमा छैन । अर्कासँग तुलना गर्न छाडेर तिमी जस्तो छौ स्वीकार गर ।
वास्तवमा वुद्धका अष्टाङ्ग मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म,सम्यक जीवन । आजिविका सम्यक व्यायम, सम्यक विचार र सम्यक समाधिहरुलाई अपनाउन सके अहंकारको भारी बोक्नै पर्दैन। हुनत यी मार्ग अपनाउछन। निश्चल, स्वच्छ र अभिमान रहित भएर अपनाउछन। निश्चल स्वच्छ र अभिमान रहित भएर यी अष्टाङ्ग मार्गलाई बुझौ र आत्मासाथ गरौ ।
अस्तु