आशाको छानोले ढाकिएको,
अनि गेटमा अनाथालय भनी टाङि्एकाे,
यो जिन्दगीको बाटाेमा , मेरो एक
सहयात्री पाटाे।
नाता-गोता ,अनि आफन्त ,त म भन्न सक्दिन ,
तर झरिको मौसम,आफ्नै साथ,
अनि आफैसङको त्यो चियागफ जस्तै साइनो छ मेरो,
यो सहयात्रीसङ।
म लुके जस्तै गर्छु अनि तिमी मलाई खोजे जस्तै गर्नु है ,
त्यो घाम र जुनको लुकामारी जस्तै,
मिलन बिनाको अमर माया त हो ,
तिम्रो र तिम्रा आमा बुवा को कथा पनि।
म केही सुनाएझै गर्छु अनि तिमी सुने जस्तै गर्नु है ,
त्यो सुसाउदो नदि अनि शान्त किनारको भलकुसारी ।
यस्तै अतृप्त मायामा त सङालिएको छ,
तिम्रो र तिम्रो परिवारको कथा पनि।
मेरो सहयात्रीले मलाइ यहि भनिरहेछ।
जिन्दगी, रहस्यले भरिपुर्ण किताब न हो ,
अनगिन्ती पानाहरुसङै , समय पनि पल्टिरहेछ।
पारिवारिक पहिचान त ,
पू्र्खाको देन न हो,
आफ्नो पहिचान आफै बनाउनुपर्छ,
यहि सहयात्रीले सिकाइरहेछ ।
यो समय हेर न,
याद जसरी आउँछ ,
नदि जसरी बग्छ,
अनि योवन जसरी ढल्किन्छ।
यो नियति हेर न,
दिनभरी को थकान पछि,
रातको मिठो निन्द्रा त एकदिन निदाउनु नै छ।
त्यसैले हरेक पल,
हरेक क्षण तिमी जिवनको सौन्दर्य साक्षी भै उत्साह र उमंगले भरिदिनु ,
मेरो सहयात्रीले मलाइ बारम्बार यहि भनिरहेछ।
मलाइ बारम्बार यहि भनिरहेछ।
-जागृति