अखबारपत्र : २०४६ सालको जनआन्दोलनले उभार लिदै थियो । आन्दोलनको नदीको प्रवाह वेगवान थिए । किनारामा अवयवहरु बग्दै गर्दा हठात सम्झौता भए, एकाएक आन्दोलन रोकियो ।
मेरा मित्र अनोज क्षेत्री जो रामपुर क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो र आन्दोलनमा होमिनु भएको थियो । एकदिन उहाँले फोन गरेर भन्नुभयो के यही हो त हामीले खोजेको ? के तपाई यी भइरहेका सम्झौताबाट सन्तुष्ट हुनुहुन्छ ? मैले उहाँलाई भनेको थिए ‘एक कदम अगाडि, दुई कदम पछाडि’। समयले हाम्रा सपनाहरु पुरा गर्नेछ, तर त्यो समय आउनै सकेन ।
वसुधैव कुटुम्बकम “
हामी आन्दोलन कर्मिहरु र आम नेपाली नागरिकको अवस्था पंचायतकाल भन्दा वत्तर भयो। अन्तरिम सरकार हुँदै सरकारहरु बन्दै गए फेरिदै गए,चेहेराहरु बदलिदै गए, लेबल बदलियो वोतल भित्रको ठर्रा उस्तै र उही रह्यो । भ्रष्टाचार, कमीशनखोरी आर्थिक चलखेल,दलाली प्रथा विकसित हुँदै सगरमाथाको चुचुरो हुन पुग्यो ।
कमिशनखोरी, घुसखोरी, यी द्रव्य पिचास कांग्रेस, कम्युनिस्टले पालैपालो देश खोक्रो पारे । नेताहरुको यस्ता रवैया देखेर नागरिकहरु आजित भए । जनताको पैसा लुटरे, देशको ढुकुटी रित्याएर गन्हाएका यिनै भ्रस्ट्र पातकी नेताहरु प्रति जनताको वितृष्णा जागेर आयो । जनतामात्र कहाँ हो र देशका वरिष्ठ नेताहरु गणेशमान, कृष्णप्रसादहरु वाक्क भएर सन्यासी भए ।
मनमोहन अधिकारीको नौ महिने कालमा केही आशाको दियो पलायो, तर उनको मात्र एक्लो प्रयासले के नै गर्न सक्थे र ? उनले धेरथोर गर्ने प्रयास आफ्ना पालामा नगरेका भने होइन तर आसेपासेहरुले उनको सत्ताको भरपुर फाइदा उठाए ।
त्यसबेला नेतृत्वगर्ने नेता माधव कुमार नेपाल, विदेश भ्रमणको लोभी, नौ महिने कार्यकालमा राष्ट्रिय ढुकुटी उडाउदै श्रीमति लिदै करीब १७७ दिन विदेश यात्रामा रहिबक्सियो । बाँकी ९३ दिन स्वदेशमा राजनैतिक दाउपेचमै विते । एक पटक त यस्तो अवस्था थियो कि सबै मंत्रीहरु विदेश सयरमा गएर देशमा जम्मा तीन जना मात्रै मंत्रीहरु थिए । तत्तपश्चात फेरी वेथिति, विसंगति हुर्कदै, बढदै झांगिन थाल्यो ।
अचानक खबर पाइयो माओवादीहरु सशस्त्र द्धन्दका लागी भूमिगत हुदै जंगल पसे भन्ने । माओवादीले चौकी हान्न, आफ्ना विरोधीहरुको हत्या गर्न शुरु गरे । व्यक्ति हत्याको विरोध गरियो तर हत्याको श्रृखला रोकिएन । सुराकीको आरोपमा व्यक्तिहरु काटिदै गए, मारिदै गए । माओवादी र सेना,प्रहरी विच गृहयुद्ध शुरु भयो, देशमा संकटकाल घोषणा गरियो । जनता दोहोरो मारमा परे माओवादी छापामारलाई वाध्यताले आर्थिक सहयोग गर्नु प¥यो । दशवर्ष सम्म प्रत्येक दिन लाश गन्दै बिताइयो ।
अब यस्तो लाग्न थाल्यो यसैपनि माओवादीहरु हतियार युद्धमा पसिसके, अब जितुन र देशमा शान्ति कायम गरुन । यसै पनि कांग्रेस र एमालेले थिल-थिलो पारेको देश, नयाँ सिद्धान्त बोकेको,नयाँ पार्टी ‘माओवादी’ उनीहरुको आफ्नो सिद्धान्त अनुसार चलाउन भन्ने थियो। तर १२ बुँदे सम्झौतामा युद्ध समाप्त भयो, राजा निलम्बित भए ।नेपालको शासनबाट राजा ज्ञानेन्द्रको बर्हिगमन जुन ढङ्गले भयो त्यस्तो घटना संसारमा विरलै भएको छ ।
गणतन्त्र आयो रे, गणतन्त्रको प्रत्याभूति आम जनताले गर्न पाए पाएनन त्यसको मतलब ती जनप्रतिनिधिलाई कहिले भएन । धर्म निरपेक्षता र संघियता जबरजस्त लादियो, धर्म निरपेक्षताले कुन नेपालीको चुलोमा आगो बल्यो ? आज गाउँ गाउँमा चर्च खोलिएका छन, धर्म नष्ट हुदै छ, डलरमा बेचिएको हिन्दु राष्ट्र र बनेको संघियताले नेता बाहेक कसैलाइ फाइदा पुर्याएन । संविधान बन्न फेरी दश वर्ष लाग्यो । दुई पटक त संविधानसभाको निर्वाचन गरियो “एैरु गैरु नत्थु खैरु” सासंद र मन्त्री बने । कथा जस्ताको त्यस्तै रह्यो देश दुब्लाउदै गयो भ्रष्ट्रहरु मोटाउदै गए ।
गिरिजा प्रसाद कोइरालाले बहुमतको सरकार बनाए, केही समय ताते-ताते गरेर ध्वस्त पारे । प्रचण्डजी प्रचण्ड बहुमतका साथ प्रधानमन्त्री बने, पशुपति काण्ड, कटुवाल काण्डमा गुच्चा खेल्न थाले, मज्जाले बाजी हारे । बाँकी कुनै सरकारहरु एकमना हुन सकेनन मिलिजुली बसे, बाडिचुडी खाए । जमिन जल जंगल उद्योग सबै खाए । अहिले खड्ग प्रसाद ओलिको दुई तिहारको सरकार छ । नागरिकलाई खुबै आशा थियो तर माछामाछा भ्यागुतो ।
राजनिति किन वक्र भयो ?
राजनीतिलाई दाउपेचको खेल संग दाज्दा अस्वभाविक हुँदैन। दाउपेच त राजनितिको चरित्रनै हो । तर नेपालको राजनितिको दाउपेचमा स्वस्थ प्रतिस्पर्धा कहिले भएन । राज भयो निति भएन, गलत केसरनामा गरियो । तहबिल समाप्त पार्ने राज भयो, भारतिय राजनितिको दास बन्ने नीति बन्यो । राजनिति राज्य संचालन प्रणाली नभएर पार्टि र कार्यकर्ता संचालन प्रणाली बन्यो । अर्को अहम समस्या भनेको विदेशी हस्तक्षेपको शिकार हुनु हो । भारतिय हस्तक्षेप त चलिरहेको थियो जस्ले नेपाली स्वाधिनता नै खाइससकेको छ । अमेरिकामा ट्वीन टावर ध्वस्त पछि मुस्लिम सिद्धयाउने अभियानमा क्रिशियन बढाउदै युरोपियन छिरे र देशलाई धर्म निरपेक्ष बनाए । अब एम.सि.सि पास भयो भने अमेरिका र चीन पनि छिर्ने छ ।
अमेरिका नेपाल डुबाउन चीन प्रतिकार गर्न । भारतिय हस्तक्षेप त नेपालीको दैलो-दैलो भित्र पुगिसकेको छ । राजनितिकर्मी, बरिष्ठ पत्रकार, बरिष्ठ सरकारी कर्मचारीहरु, प्रहरी अधिकृतहरु, गुप्तचरहरु, कर्पोरेट हाउसहरु देखि कतिपय सेनाका पात्रहरु प्नि भारतिय दुतावासबाट अर्नि खाएर बसेको छन ।
अर्को पाटो भनेको नेपालमा प्रधानमन्त्रीहरुको नियत हो । बितिसकेकामा गिरिजा प्रसाद कोइराला अति अंहकारी भए, न अरुका कुरा सुने न आफुले केहि राम्रो काम गरे । मनमोहनको बारेमा केही भन्नु छैन निनकी उनी एक मात्र प्रधानमन्त्री हुन जसले कमिशनलाई राष्ट्रिय ढुकुटीमा राखेका थिए । शुशिल कोइरालाको बारेमा पनि केही भन्नु छैन किनकी उनी नभएको भए २०७२ असोज ३ गते संविधान आउने थिएन ।
जिउदाहरुमा शेर बहादुर देउवा लम्पट, उग्रमहत्वकांक्षी । माधव कु. नेपाल विदेश लोलुपता, झलनाथ खनाल द्रव्यलोभी,कर्मनास्ती । बाबुराम भट्टराई दोगला, भारतीय गोटी आफुले आर्थिक अपचलन नगरेपनि श्रीमति हिसिलाले भने मस्त हसुरिन । यिनले एउटा साह्रै राम्रो काम गरे बाटो बिस्तार गर्ने अभियान नै संचालन गरे । के.पि शर्मा ओलि द्रव्य नायक, कमेडियन, द्धैध चरित्र, यिनको सबै भन्दा ठूलो कमजोरी भनेको राम्रा फाल्ने हाम्रा पाल्ने, मस्त मौला न पार्टीको सुन्ने न विशेषज्ञको, आफुमात्रै ठिक अरु सब वेठिक । एसिड आक्रमण सम्बन्धमा कानुन ल्याएर राम्रो काम गरे ।
अहिले कोरोना कहरको बेला चैत्र महिना देखि डबल नेकपा भित्रको कुर्सी संस्कृतिलाई हेर्ने हो भने नेपालको राजनिति वक्ररेखामा गएको कुरा प्रमाणित हुन्छ । कोभिड–१९ को सम्बन्धमा त हामी आम-नेपालीहरु परिस्थिति र सरकारको रवैयाका बारेमा भुक्त भोगीनै छौ । हाम्रा प्रत्येक साँझ जागेश्वर नामक कुपात्रको वकवक सुन्दै बितिरहेको छ । आत्महत्याको दर दर बढी रहेको छ, नागरिक भोकभोकै मर्ने अवस्था छ ।
उपचार छैन, आर्थिक क्रियाकलाप ठप्प छ, लाखौ नागरिकहरु रोजगारीको लागि भारत पलायन भैराखेका छन । तर सरकार र डबल नेकपा कुर्सीको लडाइमा मल्ल युद्ध गरिरहेका छन । मलाई अचम्म र दुःख लाग्छ, त्यत्रो त्याग गरेका कांग्रेस र कम्युनिष्टका नेताहरुको घटिया सोच देख्दा । द्रव्य शक्तिले सत्यनाश पा¥यो यिनिहरुको मस्तिष्क तन्तुलाई ।
माघ देखि चलेको डबल नेकपाको आन्तरिक कुर्सि द्धन्दले गर्दा अन्तत्वगत्वा देशमै प्रभाव पा¥यो र सरकारले कोरोना पिडित नागरिकको उपचार नै नगर्ने भयो । यसले यो सरकार जनताको सरकार होइन भन्ने प्रमाणित गरिदियो ।
प्रतिपक्ष त निद्रामै छ उसको के बखान गर्नु । जसरी कांग्रेस शेर ब. देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगनथापाहरुले कांग्रेसको सत्यनाश पारे त्यसरी नेकपा तथा कम्युनिष्ट आन्दोलननै डुबाउने खेलमा खड्ग प्रसाद ओली, पुष्प कमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र भीम रावलहरु कम्मर कसेर लागेका छन । अर्को तिर बाबुराम भट्टराई जस्ता जातिय राजनितिका पक्षधरहरुले देशमा जातिय द्धन्द निम्त्याउने प्रयत्न गर्दैछन ।
अबको बाटो
भारतीय हस्तक्षेप मात्र होइन अन्य शक्ति राष्ट्रको समेत हस्तक्षेपले देशको स्वाधिनता गुमीसकेको छ । नागरिकले चल्तीका पार्टीहरुप्रति विश्वास गर्न छाडिसकेका छन। यस्तो परिस्थितिमा राष्ट्रिय, प्रजातन्त्र र समाजवाद बचाउन पहिला त स्वाधिनताको रक्षार्थ लडाई लडनु छ ।
भ्रष्ट्राचार, बलात्कार, अनियमितता र अराजकतावादको विरुद्ध लडाई लड्नु छ । संघियताले देशको अर्थ व्यवस्था धरासायी बनाएको र धर्मनिरपेक्षताले धार्मिक द्धन्द तर्फ देश धकेलिदिएको हुँदा नयाँ कोणबाट सोच्न जरुरी भईसकेको छ । देशले हजारौ राजाहरु पाल्न सक्ने अवस्था छैन तसर्थ विकल्पको रुपमा प्रजातान्त्रिक समाजवादी सिद्धान्तलाई वैकल्पिक मार्ग बनाएर भ्रष्ट्र प्रणाली विरुद्ध नागरिक आन्दोलन अपरिहार्य भइसकेको ।