बलिवुड स्टार दिलिप कुमारको ९८ को उमेरमा आज विहान निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको निधन आज विहान ७ः३० बजे भएको हो । विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ज्ड भएका थिए।
दिलिप कुमारलाई पछिल्लो एक महिनामा दुइ पटक अस्पताल भर्ना गरिएकोे थियो । यस अघि उनको पत्नि सायरा बानोले दिलिपको स्वास्थ्यमा सुधार आएको जानकारी गराएकी थिइन ।
दिलीप कुमार भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, चलचित्र निर्माता तथा राजनितिज्ञ हुन्। बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनको वास्तविक नाम युसुफ खान हो।
मुगल ए आजम, देवदास, राम और श्यामलगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । सन् १९९८ को किला उनको अन्तिम फिल्म हो ।
उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए।