अखबारपत्र:काठमाडौँ, पौष १। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ६० लाख कित्ता सेयर आईपीओ मङ्सिर २९ गतेबाट आम जनतालाई जारी गरेको छ ।
प्रस्ताव गरिएको ६० लाख युनिट मध्ये ५% कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ र अर्को ५% म्युचुअल फन्डका लागि। बाँकी ५४ लाख एकाईहरू सर्वसाधारणका लागि छुट्याइएको छ । न्यूनतम १० इकाइ र अधिकतम ५ हजार युनिटहरूको लागि आवेदनहरू राख्न सकिन्छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
कम्पनीको आइपीओमा छिटोमा पुस २ गतेसम्म र त्यस अवधीमा पर्याप्त आवेदन नपेरमा पुस १३ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।