अखबारपत्र : काठमाडौँ, मङ्सिर १९।नेपाल राष्ट्र बैंकले अन्य कुनैपनि बैंकको एटीएमबाट पनि पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले कोरोना भाइरसको महामारीको असर रहेसम्म पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्थालाई निरन्तरता दिएको हो ।
यसअघि कोरोना माहामारी फैलिएपछि बैंक तथा वित्तीय संस्थाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।तर, उक्त व्यवस्था हटाउँदै साउन १ गते देखि पुनः शुल्क लाग्ने व्यवस्था गरेकोमा आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै शुल्क नलाग्ने व्यवस्था कायम गरेको हो।