युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा अन्तिम दिनसम्ममा १२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज आइतबार बेलुका ४:३० बजे सम्ममा ५ लाख ५७ हजार २ सय ८९ आवेदकबाट १ करोड ६९ हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो माग भन्दा १२.३८ गुणा बढी हो ।
कम्पनीले मङ्सिर ३ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको थियो । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।
हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ ।