यो प्रणाली चुम्बकीय उत्तोलनमा आधारित छ । यो एक पटक निर्माण गरेपछि यसको सञ्चालनमा कुनै इन्धन खर्च हुने छैन । यसैले यो सस्तो र अनविकरणीय उर्जाको स्रोत प्रयोग गर्नु नपर्ने भएकाले एकदमै लाभदायी छ । यो जापान र जर्मनीमा योजना बनाइएको उच्च गतिको रेल परियोजनामा प्रयोग गर्ने सम्भावना देखिएको छ ।
म्याग्नेटिक लेविटेशन एक ट्रेन कारलाई ट्रैकको माथी उठाइदिन्छ । किनकी चुम्बकीय नियम अनुसार ध्रुवलाई यसमा प्रयोग गरिएको हुन्छ । त्यसैले माथी उठाउँने र ट्रेनलाई धकेल्ने गर्दछ । चुम्बकपनि ट्रेनका खम्बा जसरी ठड्याएर राखेकाले माथी उठाउँछन् ।
चुम्बकको विपरीत ध्रुव मिलाएर राखिएका चुम्बकले ट्रेनलाई अगाडी खिच्नेछन् । यो अब विश्वलाई नयाँ तरंग ल्याउँने नयाँ उर्जाको स्रोत बन्दैछ । यसले पेट्रोल, डिजेलबाट सम्पन्न बनेका देशहरुका लागि घाटा हुनेछ । यसमा चुम्बकीय लेविटेशनको प्रयोग गरिएको हुन्छ ।
परीक्षण गरिएको हाइपरलूपको कम्पनीका अनुसार ट्रैकमा १०० माइल प्रति घण्टासम्म दौडाइएको थियो । तर चालक मात्र बसेर यो हाइपरलूपमा ६०० माइल प्रतिघण्टाको गतिमा गुडाइयो । दावी गरिए अनुसार यो अब मानव जीवनका लागि अति लाभदायी हुनेछ ।सौजन्य :जनबोलीडटकम