देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक




कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्दै संसद् पुनर्स्थापना गरेपछि देउवाले गठबन्धनको बैठक बोलाएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने भएको छ । विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएको थियो । संसद् विघटनपछि विपक्षी गठबन्धनका सांसदहरूले पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले सोमबार फैसला सुनाएको छ ।


प्रतिक्रिया