सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवतीमा बाढीले ५० जना बेपत्ताको आशंका, हेलम्बुमा रहेको सेना, सशस्त्र र नेपाल प्रहरीको क्याम्प बगायो




सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता हुनुका साथै हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।
यसै गरी मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ । बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले बताए ।

“नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ,” उनले भनेका छन्, “यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाद्यान्न जुन–जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छ । स्थानीय जनता, जसको घर बगाएको छ उहाँरूलाई घर हुनेहरूले आश्रय दिन अनुरोध गर्छु ।”

अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु ।मन्त्री शेरबहादुर तामाङले आफ्नो फेसबुक पेज मार्फत भनेका छन ” मलाई सम्पर्क गर्न 9851040821मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा 9851175310 हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु  ।


प्रतिक्रिया