साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीति बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न




फोटो पसलद्धारा आयोजित साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीतिको विषयमा भर्चुयल अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले सहजीकरण गरेको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा र राष्ट्रिय वाणिज्य बैंकका अपरेसन हेड सरोज बस्नेतले सहुलियत कर्जा तथा साना व्यावसायीले पाउने कर्जाको विषयमा जानकारी दिएका थिए ।
बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्न सक्ने ऋण र ऋण दिनसक्ने आधारहरु तथा नीतिको विषयमा जानकारी तथा छलफल भएको थियो ।

सो अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक राजनविक्रम थापाले उद्देश्य र आवश्यकता अनुसार सत्य तथ्य मा आधारति विवरण पेश गरेर ऋण लिन सुझाव दिए । उनले भने, ‘सरकारको नीति र राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले ऋण प्रवाहा गरिरहेका छन । समस्या त केहि मात्रामा भएपनि त्यति धेरै समस्या छैन ।’ नीतिको विषयमा जानकारी दिंदै उनले विशेष प्रस्तुति पनि गरेका थिए ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका अपरेसन हेड सरोज बस्नेतले केहि पहिलाको तुलना पछिल्लो समय ऋण लगानी निकै बढिरहेको बताए । उनले भने, ‘सहुलियत कर्जा तथा लघु कर्जाको भोलुम बढदै गएको छ । फोटो व्यावसायीले उपयुक्त प्रस्ताव पेश गरेमा ऋण पाउन कुनै अप्ठ्यारो नहुने बताए ।’

यसैगरी फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले फोटो व्यवसाय सञ्चालन गर्न सहकारीबाट चर्को व्याजमा ऋण लिनुपर्ने वाध्यता रहेको र बैंकहरुले नपत्याउने गरेको उल्लेल गरे । उनले यसवारे राष्ट्र बैंकको नीतिबारे जानकारी दिन अनुरोध गरेका थिए । बस्नेतले भने, ‘फोटोग्राफीलाई उत्पादक कुन, अनुत्पादक कुन भनेर सरकारले नखुलाएको कारण पनि समस्या आएको र अब फोटो व्यावसायको धार परिवर्तन गरि उद्योगरुपमा विकास गर्नुपर्ने अवस्था रहेको बताए  । उक्त भर्चुयल अन्तरक्रिया कार्यक्रममा देशभरबाट तीन दर्जन हाराहारीमा सहभागी थिए, भने कार्यक्रम फोटो पसलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।


प्रतिक्रिया