१८२ औ विश्व फोटो दिवसको अवसरमा कप्पल फोटो प्रतियोगिता हुँदै




१८२ औ विश्व फोटो दिवसलाइ केन्द्रित गरि फोटो पसलले कप्पल फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ  । आगामी  भाद्र ३ गते विश्व फोटो दिवसलाई मध्य नजर गरेर  फाेटाेपसलका डाइरेक्टर हरिबहादुर पाण्डेकाे संयाेजकत्वमा  Couple Portrait Photography Competition-2021 नाम दिइएर आयोजित प्रतियोगिता गर्न लागिएको हो ।
यस प्रतियोगिता  पुराना तथा नयाँ फोटोग्राफरहरूलाइ हौसला प्रदान गर्ने उद्देश्य सहित  आयोजित कप्पल फोटो प्रतियोगिताको प्रतिस्पर्धामा जोसुकैले जहाँबाट पनि भाग लिन सक्ने फाेटाेपसलका डाइरेक्टर हरिबहादुर पाण्डेले जानकारी गराए ।

यस्ता प्रतियोगिताले फोटोग्राफरहरूमा सिपमा कमजोरि पहिल्याउदै  आफ्नो प्रतिभा देखाउदै आफुसँग रहेको सिप श्रृजनालाइ परिस्कृत गर्ने सुवर्ण अवसरको रुपमा फोटो पत्रकारहरुले यस प्रतियोगितालाई लिनुपर्ने पाण्डेले बताए ।

यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालबाट योगेन्द्र जंग बस्नेत  रहेका छन भने, जेम्स बि. साल्मोन– त्रिनिडाड एण्ड टोबागोबाट,र भारतबाट डेनिस केगन रहेका छन ।

यससँगै फोटोग्राफीको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको फोटो पसल प्रा.लिले १८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागि तयारी तिव्र पारेको छ । विभिन्न जिल्लाबाट संयोजक चयन तथा फोटो कलेक्सनको कार्य भइरहेको छ । यसैक्रममा  यस प्रतियोगितामा सपोर्टरको भुमिकामा चितवन फोटोग्राफर रहने र चितवन फोटोग्राफरसंघवाट चितवनका फोटोग्राफरहरूलाइ कप्पल फोटो प्रतियोगितामा सहभागी हुन अपिल समेत गरिसकिएको संघका सचिव श्री कृष्ण प्रसाद सापकोटाले बताए ।
उक्त  प्रतियोगिताको लागि गुल्मि जिल्लाको संयोजकमा सुजन न्यौपाने चयन भएका छन । फोटोग्राफीको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको फोटो पसल प्रालिले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको लागि ए वान एचडि डिजिटल स्टुडियो कका सञ्चालक तथा स्थानीय पत्रकार सुजन न्यौपाने चयन भएका हुन ।
प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा फोटो पसलका निर्देशक हरि बहादुर पाण्डेले आगामी दिनमा फोटो पसलललाई उहाँजस्ता जुझारु फोटो ग्राफरहरुको खाँचो रहेको बताए । उनले देशभरबाट जिल्ला संयोजक चयन गरेर व्यवसायिक फोटोग्राफीमा जोड दिने जानकारी गराए ।

यसै गरि यस फोटो प्रतियोगिताको लागि दाङको संयोजकमा दुर्गाप्रसाद चौधरी चयन भएका छन ।
विगत लामो समयदेखि फोटोग्रफीमा सक्रिय रुपमा लागेका चौधरी सन २०१७ देखि जिल्ला फोटोग्राफर संघ दाङमा आवद्ध छन ।

प्रतियोगिले आफूले खिचेको डिजिटल फोटो फोटो पसलको वेवसाइड https://www.photopasal.com/award मा गएर  उल्लेखीत नियम पढी त्यसै भित्र रहेको मेल मार्फत प्रतियोगिको आफ्नो सामान्य जानकारि पठाएर सहभागी हुन पाउने छन ।  ‘यो निशुल्क नै हुनेछ, भने यस प्रतियोगितामा दक्षिण नेपाल, अमेरिका र भारतबाट वरिष्ठ फोटोग्राफरहरूको निर्णायक मण्डल चयन गरिएको छ ।’


प्रतिक्रिया