नेपाललाई कोरोना महामारीबाट बचाउन ‘हिमालयन महायोग अनुष्ठान’ गराउदै सिद्धबाबा




विश्व कोरोना संक्रमणको महामारीले आक्रान्त बनिरहेको अवस्थामा रामानन्दचार्य सेवा पीठले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि हिमालयन सिद्ध महायोग अनुष्ठान गर्ने भएको छ ।
भर्चुअल माध्यमबाट लाखौ सर्वसाधारणलाई सहभागी गराई यस अनुष्ठानमा प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै संक्रमणमुक्त हुने उपायबारे साथै कोरोना भाइरस लगायत अनेकौ आउन सक्ने अन्य भाइरसबाट कसरी बच्ने र यसको नियन्त्रण, रोकथाम र उपचारकाबारे जानकारी गराइने छ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिने विशेष अनुष्ठानको आयोजना हुन लागेको हो ।

यस अनुष्ठानको भर्चुअल माध्यमबाट लाखौ सर्वसाधारण सहभागी भइ लाभ लिन सक्ने सेवा पीठ तथा आध्यात्मिक प्रतिष्ठानले जनाएको छ। विभिन्न सामाजिक सञ्जाल फेसबुक, युट्युव लगायत अन्य केही सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गराई हिमालयन सिद्ध महायोग अनुष्ठान गराइने छ ।
यस अनुष्ठानमा आवश्यक सात्विक दिनचर्या र भोजन, योगचार्य, आयुर्वेदिक उपचार पद्धति लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको शनिबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विशेष अनुष्ठान कार्यक्रम अन्तरगत प्राचीन हरिद्धारको रुपमा रहेको चतराधामस्थित रामानान्दाचार्य पीठको केन्द्रीय कार्यालयबाट प्रत्येक दिन विहान ५ बजेदेखि दुइ घण्टासम्म जगतगुरु रामानान्दाचार्य महायोगी सिद्धबाबाले आफुसंग भएको योग, आयुर्वेदिक, आध्यात्मिक लगायतका क्षेत्रको ज्ञान, दक्षता र अनुभवलाइ प्रत्यक्ष वैज्ञानिक अवधारणाबाट पुष्टि हुने गरी प्रशिक्षण दिने बताइएको छ । पत्रकार सम्मेलनमा जगतगुरु सिद्धबाबाले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने, रोगी व्यक्तिको रोग निर्मुल पार्ने तथा वर्तमान अबस्थामा कोरोना महामारीबाट आम सर्वसाधारणको जीवन रक्षा गर्ने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको बताए ।

मानव जीवनका लागि स्वस्थ रहनका लागि ऋतु अनुसार आवश्यक पर्ने दिनचर्या, भोजनचर्या, योगचर्या र संयमित तथा सदाचारयुक्त आचरण लगायतका विषयलाइ अत्यन्तै वैज्ञानिक अवधारणाबाट जोडेर आयोजना हुने अनुष्ठान अन्तरगतको प्रशिक्षण कार्यक्रमबाट सबै जातजाति धर्म संप्रदायले लाभ लिनसक्ने उनले उल्लेख गरे । “कोराना संक्रमणकालिन यो जटिलताबाट प्रताडित बनिरहेको हाम्रो समाजलाइ हिमालयन सिद्धमहायोगको माध्यमबाट गरिने विशेष अनुष्ठान र त्यस अन्तरगतको प्रशिक्षण कार्यक्रमले आवश्यक राहत दिने कुरामा हामी विश्वस्त छौं । ”, जगतगुरु सिद्धबाबाको भनाइ छ । पारस्परिक वैर्दीक आयुर्वेदिक पद्धिती समेत अनुसरण गरी सञ्चालन हुने १५ दिने अनुष्ठानमा सबै नेपालीहरु दत्तचित्त भएर सहभागी हुन सके मुलुकबाट कोरोना परास्त गर्न सकिने जगतगुरु महायोगी सिद्धबाबाले विश्वास व्यक्त गरे ।

कारोना महामारीबाट मुलुक आक्रान्त बनिरहेको र यस दुखद घडीमा आवश्यक औषधि, खोप, अक्सिजन लगायत स्वास्थ्य उपकरणको चरम अभाव भइरहेको अबस्थामा आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रलायले समेत गरेको आह्वानलाइ दृष्टिगत गरी मुलुकलाइ परेको यो विपत्तीको समयलाई आवश्यक कर्तव्य निर्वाह गर्ने गरी विशेष अनुष्ठानको नाममा प्रशिक्षण कार्यक्रम आयोजनाको निर्णय भएको पीठका अध्यक्ष गणेश सुब्बा विरहीले जानकारी दिए । सो पत्रकार सम्मेलनमा पिठका बरिश्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी , उपाध्यक्ष विश्वप्रकास पंडित , शिवराज पौडेल लगायतले अभियानका सन्र्दभमा आआफनो धारणा व्यक्त गरेका थिए ।

स्मरण रहोस जगतगुरु रामानान्दचार्य सेवा पीठले विगत दश महिना अघि चतरा स्थित पीठको भवनलाई १ नम्बर प्रदेस सरकारसंगको समन्वयमा होल्डिगं एरिया , आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गरेर करिव वीस हजार सर्वसाधारणलाई सेवा प्रदान गरेको थियो ।


प्रतिक्रिया