आईपीएल काउन्टडाउन : यी हुन् सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडी




इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आगामी अप्रिल ९* देखि शुरु हुँदैछ । यहाँ आईपीएलको त्यो रेकर्डको चर्चा गरिँदैछ जसको बारे कुनै पनि ब्याट्सम्यानले बताउन चाहँदैन । यो रकेर्ड सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडीको बारेको हो । आईपीएलमा हालसम्म १३ जना खेलाडी १० या सोभन्दा बढी पटक शून्यमा आउट भएका छन् । यो सूचीमा मात्र एक जना विदेशी खेलाडी छन्, ग्लेन म्यासवेल ।

म्याक्सवेलले हालसम्म ८२ खेलमा १० पटक खाता नै नखोली आउट भएका छन् । म्याक्सवेलले दिल्ली डेयरडेभिल्स, किंग्स इलेभेन पञ्जाब र मुम्बई इन्डियन्सबाट आईपीएल खेलेका छन् । १४ औँ सिजनका लागि विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लुरुले उनलाई १४.२५ करोड भारतीय रुपैयाँमा खरिद गरेको छ ।

रोहित–रहाणे १३ पटक शुन्यमा आउट

प्रतियोगितामा चार खेलाडी सर्वाधिक १३ पटक शून्यमा आउट भएका छन् । यसमा रोहित शर्मा, हरभजन सिंह, पार्थिव पटेल र अजिंक्य रहाणे रहेका छन् ।

धेरै शून्यमा आउट हुनेमध्ये म्याक्सवेल एक्ला खेलाडी हुन् जसले १ सय खेलभन्दा कम खेलेका छन् । उनीबाहेक मनदीप सिंहले १०४ खेलेका छन् भने बाँकी खेलाडीले १३० खेलभन्दा बढी खेलेका छन् ।

१३ खेलाडीको सूचीमा ९ जना ब्याट्सम्यान र ३ जना बलर हरभजन सिंह, पीयूष चावला र अमित मिश्रा रहेका छन् ।

स्रोत : दैनिक भास्कर


प्रतिक्रिया