सुनको भाउ एक हप्तामा २७ सय रुपैयाँ घट्यो




अखबारपत्र: काठमाडौं, फागुन २१ ।सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबारकालागि ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ ८५ हजार १५० रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार १२८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १२१५० रुपैयाँ तोकिएको छ । नेपाली सुन बजारको भाउ अन्तराष्ट्रिय मूल्य निर्धारणकै कारण प्रभावित हुन महासंघले जनाएको छ ।

यो साता आइतबारेदेखि शुक्रबारसम्म मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । आइतबार ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ शुक्रबार ८५ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । यस्तै चाँदीको भाउ पनि एक सता भरीमा प्रतितोलामा ७५ रुपैयाँले सस्तो भएको छ ।


प्रतिक्रिया