प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसला स्वागत योग्य : देउवा




अखबारपत्र:काठमाडौँ,फागुन  ११ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसला स्वागत योग्य रहेको देउवाले बताएका छन ।

अदालतको जुनसुकै निर्णयलाई पनि काँग्रेसले मान्ने हाम्रो निर्णय रहेकोमा आज असंवैधानिक ठहर गर्दै सर्वोच्चद्वारा सरकारको प्रतिनिधिसभा विघटनको निर्णय बदर भएकोमा काँग्रेसले निर्णयको स्वागत गर्ने बताए । । उनले अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेको जनाउँदै उनले काँग्रेसले आफ्नो निर्णयमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको  कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको प्रतिक्रिया दिए ।

ओलीले चालेको असंवैधानिक कदमका बारेमा काँग्रेसले वडा स्तरदेखि देशव्यापी विरोधका कार्यक्रम समेत गरेको उनले स्मरण गराए ।


प्रतिक्रिया