सोनाम ल्होछारको अवसरमा दोरम्बा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय




अखबारपत्र:रामेछाप, माघ२६ ।रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यहि आउदो माघ ३० र फागुन १ गते २८५७ औं सोनाम ल्होछारको अवसरमा गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विगतमाझैं यस वर्ष पनि ल्होछार पर्वको अवसरमा दुई दिने सार्वजनिक विदा दिने निर्णय गरेको बताए । गत वर्ष पनि गाउँपालिकाले ल्होछार पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया