ट्रम्पकी छोरीले गरिन् ह्वाइट हाउसमा इन्गेज्मेन्ट




 एजेन्सी, माघ ८ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरीले ह्वाइट हाउसमा इन्गेजमेन्ट गरेकी छन् । ट्रम्पकी २७ वर्षीया छोरी टिफनी ट्रम्पले बुधबार इन्गेजमेन्ट गरेकी हुन् ।

आफ्ना राष्ट्रपति पिताको कार्यकालको अन्तिम दिनमा उनले इन्गेजमेन्ट गरेकी हुन् । उनले माइकल बुलोससँग आफ्नो इन्गेजमेन्टको फोटो ट्वीटर अकाउन्टमा पनि सेयर गरेकी छिन् ।

मंगलबार ट्वीटरमा फोटो सेयर गर्दै टिफनी ट्रम्पले लेखेकी छिन्, ‘ ह्वाइट हाउसमा ऐतिहासिक अवसरको उत्सव मनाउन पाउनु र आफ्नो परिवारसँग बस्न पाउनु एक सम्मान हो, तर प्रेमी माइकलसँग गरेको इन्गेजमेन्टभन्दा ती सबै सम्मानभन्दा विशेष छ । अब हामी हाम्रो जीवनको अर्को अध्यायका लागि खुसी छौं ।’


प्रतिक्रिया