श्रीविजय एयर दुर्घटनाग्रस्त, यात्रामा सवार सबैको मृत्यु




sriwijaya_air

अखबारपत्र: काठमाडौँ,  पुस २६  । इण्डोनेसियाको जाकार्ताबाट उडेको विमान सम्पर्क विहीन भएपछि खोज्ने क्रममा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
शनिबार राजधानी जाकार्ताबाट उडेको छोटो समयमै दुर्घटना भएको बोइङ ७३७ विमान समुद्रमा दुर्घटना भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विमानमा ५० यात्रु र १२ क्रु सदस्य गरी ६२ जना थिए ।
जसमा ४३ वयस्क र ७ बालबालिका र १२ जना चालक दलका सदस्यहरू भएको इन्डोनेसियाली यातायात मन्त्री बुडी कर्या सुमादीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
बोइङ ७३७–५०० मोडेलको यो विमान २६ वर्ष पुरानो भएपनि अहिलेसम्म राम्रै अवस्थामा रहेको बताइएको छ ।

केही स्थानीयहरुले विस्फोटको आवाज सुनेको बताए, नजिकै माछा मारिरहेका एक वासिन्दा, सोहिलिनले बीबीसीसँग भनेका छन्, “विमान एकै झट्कामा विजुली जसरी समुद्रमा खस्यो अनि पानीमा विस्फोट भयो । हामी त्यसको धेरै नजिकै थियौँ जसकारण विमानका केही हिस्सा झन्डै हाम्रो जहाजसम्म आइपुग्यो । ” त्यस्तै नजिकैको टापुका अन्य स्थानीयहरुले पनि विभिन्न वस्तु फेला पारेको खबर गरेका छन् जुन विमानको शेष हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया