भारतका विभिन्न राज्यमा बर्डफ्लु, उच्च जोखिममा नेपाल




अखबारपत्र:काठमाडौं,पुस २६| छिमेकी राष्ट्र भारतका विभिन्न राज्यमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ ।

भारतमा विभिन्न राज्यमा ठूलो संख्यामा कुखुरा मरेका समाचार आइरहदा नेपालमा पनि यसको असर पर्ने देखिन्छ । कुखुरा लगायत २७ सयको हाराहारीमा घुमन्ते चरा पनि मरेका भारतिय संचार माध्यमले बताएको छ  । नेपाल–भारत खुला सीमाका कारण त्यसको जाखिम यहाँ पनि उच्च रहेको सरकारी अधिकारीहरू बताउँछन् ।

उक्त संक्रामक रोग नेपालमा भित्रिन नदिन कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत पशु सेवा विभागले भारतबाट जीवित पंक्षी, मासु अण्डा तथा पशुजन्य अप्रशोधित पदार्थहरू भित्र्याउन रोक लगाएको छ।

विभागले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ११ बमोजिम यो निर्णय गरेको हो।

‘भारतमा कुुखुरा र चरा मरेका समाचार सार्वजनिक भइरहेका छन् । भारतमा बर्डफ्लु भएपछि नेपालमा पनि सर्ने सम्भावना उच्च हुन्छ  ‘नेपालमा पर्ने जोखिम न्यूनीकरण गर्न विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, ल्याब, क्वारेन्टाइन, बजेट शाखा र अनुगमन शाखालाई सतर्क रहन निर्देशन दिएको  पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।

‘यो भाइरस ७० डिग्री तापक्रममा मर्छ। हामीले सय डिग्रीमा पकाउने भएकाले पकाएर भने खान मिल्छ,’ विभागका सहसचिव विमल कुमार निर्मल भने। तर चिसोमा बर्डफ्लुको भाइरस छिटो सर्ने भएकाले उच्च शतर्कता अपनाउनु पर्ने उनको भनाइ छ।

यो भाइरस विश्वमा जंगली पंक्षी, सोतर (मल), चराजात, विरालो र हाँस, कुखरामा धेरै देखिएको छ। तर अहिले नै आत्तिनुपर्ने अवस्था नभएकाले पंक्षीजन्य मासु खान डराउन नपर्ने उनको भनाइ छ।


प्रतिक्रिया