इन्डोनेसियाको श्रीविजय एयर विमानको सम्पर्क हरायो




अखबारपत्र : इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्क विहीन भएको छ । उक्त विमानमा ५० भन्दा बढी यात्रु सवार थिए ।

अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्क विहीन भएको हो । फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजजार फिट तल आएको थियो ।

राजधानी जकार्तामा बोइंग ७३७ को हवाई यातायात नियन्त्रणसँगको सम्पर्क गुमेपछि उडान इन्टरनेसनल श्रीविजय एयरको जहाज समुद्रमा दुर्घटनाग्रस्त भएको आशंका छ ।  उडानको केही मिनेट पछि उडान ट्र्याकिंग डाटाको साथ बोइंग  ७३७ को सम्पर्कबाट हरायो।

बोइंग ७३७  अपराह्न २:३०  (0730 GMT) रडार स्क्रीनबाट गायब भएको थियो  । इन्डोनेसियाका यातायात मन्त्री बुडी कर्याले एक न्यूज कन्फरेन्समा भने कि १२ जना चालक दल लगायत ६२ जना सवार थिए।

जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो। इण्डोनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेका बताएको छ।


प्रतिक्रिया