घुस लिएको आरोप लागेका इन्सपेक्टर निलम्बित




अखबारपत्र:काठमाडौँ, पुस  २३ । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मा निलम्बित भएका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले  बताए ।

सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार  घुस लिएको अरोप शर्मामाथि लागेपछि पुस १९ मा काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।  शर्माले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन्।

निलम्बित भएका शर्मा वृत्त थानकोटको मुद्दा फाँटमा कार्यरत थिए।


प्रतिक्रिया