के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन् कि ?




अखबारपत्र:कारोना भाइरस (कोभिड १९) का कारण विश्व अहिले कोरोना सँग लडिरहेको छ । कहिले जितुँला जितुँला जस्तो गर्छ भने कहिले हारुँला हारुँला जस्तो गर्छ । आशा गरौं, यो युद्ध हाम्रो देशले जितेरै छाड्नेछ । अहिलेको यो विषम् परिस्थितिमा सबै नेपालीहरु आफ्नै घरमा पूर्ण सुरक्षित रुपको एकान्तवास (लकडाउन) मा छन् । घरबाहिर ननिस्केदेखि कोरोना भाइरसको हितैसी नबन्ने कुरा सबैले बुझिसकेका छन् । तर आफूले चाहेर पनि घर भित्र बस्न नमिल्ने एक पेशा वा बाध्यताको सवाल उठाउन खोजेकी छु मैले यस आलेख मार्फत ।

‘नर्स’ विश्व परिवेशमा सम्मानित शब्द, नेपालमा अल्लि हेपिएको शब्द । नढाँटी भन्ने हो भने नर्स पेशा र नर्स व्यक्ति फरक अर्थ राख्ने पाटा हुन् । कुनै एक नर्ससँग कसैको संवाद बिग्रियो भने सिङ्गो नर्स पेशा प्रति औंलो उठाउन पाइँदैन । सबैलाई चेतना भया । आज हामी कोरोनाको यो प्रतिकूल मौसममा छौँ । सबै जनाले सोच्नुस् यो बेला देशमा एकजना पनि नर्स नभएको भए के हालत हुन्थ्यो । हुन त मैले मात्रै यो विषयमा बोलिरहनु पनि आवश्यक छैन किनकी विश्वलाई नै नर्स पेशा र यसको मानवीय धर्मको विषयमा आफ्नो अतुलनीय कार्य मार्फत फ्लोरेन्स नाइटिङ्गेलले प्रष्ट पारिसकेकी छिन् । आज पनि सम्पन्न मुलुकमा नर्सलाई भगवानकै एक अवतारका रुपमा लिइन्छ तर हाम्रो देशमा भने थोरै इज्जत भएपनि अलि धेरै घृणा हुने गरेको छ । आखिर किन त ?

‘छोरी बिग्रे नर्स’ यो अविकसित हाम्रो समाजमा प्रस्तुत भनाई चर्चित छ । थुइक्क ! मेरो समाज, जो रातदिन नखाई, नसुती, थकान नमानी बिरामीको हेरविचारमा खट्छ अझ उहीमाथि लाञ्छना ? हुन त हाम्रो समाज नै बैगुनी छ । यहाँ राम्रो काम गर्नेहरुलाई सम्मान गरिँदैन । हामी सबैलाई अवगत नै छ, विश्वमा कोरोनाको उपचारमा खट्ने धेरै नर्सहरुले ज्यान गुमाइसके । यस्तो आपतकालीन अवस्थामा पनि आफ्नो ज्यान परवाह नराखी रात दिन बिरामीको सेवामा खट्ने एउटा महान् सेवाको सिङ्गो परिचयको उदारहण हो नर्स शब्द । नर्सलाई विभिन्न अभियोग पनि लगाउने गरिएको पाइन्छ, जस्तो कि नर्स छुच्ची हुन्छन् । कुनै एक जना त्यस्ता हुनसक्लान, एक जनामा भएको सामान्य बैगुन के सबै नर्समा हुन्छ भन्ने छ ? जस्तोसुकै समस्या आए पनि सबै समस्यालाई छातीको पल्लो भागमा राखेर हाँसी हाँसी सेवा गर्ने चाहिँ नर्स हैनन् । अझ विभिन्नखाले बिरामीको असह्य भनाइलाई पनि एउटा महान् वाणी सम्झेर मुसुक्क मुस्कुराउनु पर्ने बाध्यकारी महान् नारी पनि त नर्स नै होला नि हैन र ?

छिमेकमा कसैले उपचार नपाएर मर्न नपरोस् भनेर नर्स पढ्यो । अनि यही काकाकुल समाज त्यही नर्सको पुरै खुट्टा तान्न अग्रसर हुन्छ । यही हो “गुणले गुनलाई खान्छ तँलाई म खान्छु” भनेको ।

संसारका सबै मानिस चाहन्छन् आफूलाई रोग नगालोस् । कति महान् बिचार छ विवेकशील मान्छेसँग । सबैलाई थाहा छ, रोग लाग्यो भने दुःख पाइन्छ । त्यसैले धेरै मानिसहरु रोग नलागोस् भनेर सकेसम्म सावधानी अपनाउने गर्छन् । तर ठीक उल्टो सबै नर्सलाई थाहा छ, हामी हाम्रो पेशाकै कारण धेरै छिटो जिन्दगीको उत्तरार्धमा पुग्छौ । कारण, संक्रमितसँगको सिधा सम्पर्क, अनियमित खानपिन, आवश्यक आरामको कमी, प्रायः उभिरहनु पर्नै भएकाले खुट्टाको हड्डीमा समस्या । अब जो व्यक्तिलाई नर्स पेशासँग वितृष्णा छ, उहाँहरुले उत्तर दिनुस् । के कमजोरी छ बिचरा ! ऊ त्यो नर्समा ? बाबाको जग्गा धितो राखेर समाज सेवा गर्छु । छिमेकमा कसैले उपचार नपाएर मर्न नपरोस् भनेर नर्स पढ्यो । अनि यही काकाकुल समाज त्यही नर्सको पुरै खट्टा तान्न अग्रसर हुन्छ । यही हो “गुनले गुनलाई खान्छ तँलाई म खान्छु” भनेको ।

लाग्छ, अब त सरकार, समाजलाई प्राचिन सोच भएका सबैलाई धेरै पावर भएको चस्मा लगाइदिउँ ? जुन चस्माले नर्सलाई जीवित देवीको रुपमा ठम्याउन सकोस् ।

‘मानिस’, बस् शब्द एउटै छ । तर यसको परिभाषा धेरै लामो छ । उभिनु, हिँड्नु, खानु, रमाउनुले मात्र मानिस शब्दको परिभाषालाई विश्लेषण गर्न मिल्दैन । मानिस जो सफल जिन्दगी बिताउन चाहन्छ, ऊ कि त दाम कि त सम्मान चाहन्छ । अब फेरि फर्कौँ आज मैले उठान गरिरहेको पेशामा ।
नर्ससँग के छ त आज, दाम ? वा सम्मान ? यस्तो पनि जिन्दगी हुन्छ । आफूले गरेको पेशा प्रति सबैलाई सम्मान हुन्छ तर नर्सहरु मात्रै यस्तो जिन्दगी जिउँछन्, जो आफ्नो पेशाबाट हेपिएका हुन्छन् । अब कमाइको अर्थात् पारिश्रमिकको हिसाबले पनि नर्सहरु ठगिएका छन् । बोल्न कन्जुस्याई नगर्ने हो भने नर्सको श्रम शोषण गरिएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको नर्सको पारिश्रमिकलाई हाम्रो सरकार देख्दैन । लाग्छ, अब त सरकार, समाजलाई प्राचिन सोच भएका सबैलाई धेरै पावर भएको चस्मा लगाइदिउँ ? जुन चस्माले नर्सलाई जीवित देवीको रुपमा ठम्याउन सकोस् ।

यो सत्यतालाई कसैले कुल्चनु हुँदैन । नर्स पेशालाई सबैले सलाम र स्यलुट गर्न सिकौ, यो नै सकारात्मक मार्ग हुनेछ । के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन कि ?

बिट् मार्दा मार्दै । भनिन्छ नि, पृथ्वी गोलो छ । पालो सबैको आउँछ । आफ्नो कर्तव्यबाट पछि नहट्नेहरुको एक दिन अवश्य जीत हुन्छ । मलाई पनि पूर्ण विश्वास छ, यो कुलीन भनाउँदो समाजले पनि एक दिन ‘नर्स ’ भन्ने शब्दलाई माथिल्लो लेभलको इज्जत गर्नेछ । हुन त आज पनि समाजमा विस्तारै नर्स प्रतिको सकारात्मक हेराई नभएको त हैन । जति हुनुपथ्र्यो, त्यति चाहिँ नभएको पक्का हो । धेरै बुबा आमा आफ्नी छोरी नर्स भएकोमा गर्व पनि गरिरहनु भएको छ । नर्सकै कारण धेरै मानिसहरुले पुनर्जन्म पाएका छ । यो सत्यतालाई कसैले कुल्चनु हुँदैन । नर्स पेशालाई सबैले सलाम र स्यलुट गर्न सिकौ, यो नै सकारात्मक मार्ग हुनेछ । के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन कि ?

काजल कार्की   

लेखक , नेपाली सेना स्वास्थ बिज्ञान संस्थान नर्सिङ महाविद्यालय
बि एस.सि नर्सिङ दोस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ।


प्रतिक्रिया