कोटेश्वर चौकी नजिकै कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास




अखबारपत्र:काठमाडौँ, पुस १९।काठमाडौंको कोटेश्वर चोक प्रहरी चौकी नजिकै कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ।

अनुसार राधेराधे बस्ने, सिन्धुली घर भएका अन्दाजी २५ वर्षीय युवा युवराज आले मगरले आफूलाई लुटपाट गर्ने प्रयास भएको बताएका छन । उनले पेस्तोल देखाएर आफ्नो मोबाइल खोस्न खोजिएको तर प्रतिवादका क्रममा हतियार झरेको बयान दिएका छन् ।

यद्यपि, प्रहरीले उनको बयानलाई पुष्टि गर्ने अन्य आधार खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेत भन्छन्, ‘मगर प्रहरीको सम्पर्कमै छन्, हामी सोधपुछ गरिरहेका छौं ।’

कटुवा पेस्तोल देखाएर धम्काउदै मोबाइल फोन मागेको  र आफूले प्रतिवाद गर्दा पेस्तोल झरेको आलेले प्रहरीलाई बताएका छन । उक्त व्यक्ति भागे पछि उनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले हतियार मगरकै समेत हुनसक्ने आशंका गरेको तर पनि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया