प्रभु जीवन बीमाको आईपीओ को अलोटमेन्ट शुक्रबार पूरा हुनेछ, चिठ्ठा मार्फत १० युनिट छुट्याइने




प्रभु लाईफ इन्स्योरेन्स Prabhu Life Insurance Company ले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बुधबार आईपिओको प्रि अलोटमेन्ट सकेर शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको हो । बाँडफाँडको समय भने बिहिबार मात्र यकिन हुने क्यापिटलले जनाएको छ ।

कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

आईपिओमा १० लाख ८२ हजार २२९ जनाले आवेदन दिएका छन् । तर कम्पनीको आईपिओ गोलाप्रथाबाट ५ लाख ४० हजार आवेदकले मात्र पाउने छन् । यस हिसाबमा ५ लाख ४२ हजार बढी आवेदक हात खाली हुने देखिन्छ । यद्यपि यो आवेदनहरु भेरिफाइ हुनु अगाडीको तथ्यांक भएकोले यो संख्या केहि घटबढ हुन सक्ने छ ।

आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ ।


प्रतिक्रिया