कोरोना अपडेट: २४ घण्टामा थप १५ जनाको मृत्यु, ८९९ जना संक्रमित 




अखबारपत्र:काठमाडौँ, मङ्सिर २७।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्युहुनेको संख्या १६८९ पुगेको छ ।

यस्तै थप ८९९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५३९ पुगेको छ ।

नेपालमा थप १३ सय ५९ जना कोरोनामुक्त भएका छन् । यसरी कोरोनामुक्त हुनेको संख्इा २ लाख ३४ हजार २३१ पुगेको छ ।

देशभर हाल ११ हजार ६७३ जना आइशोलेसनमा रहदा ५१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म १८ लाख २५ हजार ८६० वटा पिसिआर गरिएको छ ।

 

 


प्रतिक्रिया