उमेरनै नपुगी श्रुती कर्णको परिवारले विहे गराइदिदै




अखबारपत्र:जनकपुर, मङ्सिर २६ ।जनकपुरधाममा (पुजा)श्रुती कर्णको १७ बर्षको उमेरमा आज विवाह भइरहेको समाचार प्राप्त भएको छ ।

नेपालको कानुनले विवाहका लागि महिला पुरुष दुवैको न्यूनतम उमेर २० वर्ष पुग्न पर्ने तोकेको भएपनि कानुनको वेवास्ता गर्दै यो विवाह भइरहेको हो । यस्ता दर्जनौं विवाह नेपालको बिभिन्न जिल्लामा हुने गरेको छ भने कानुनको सहि कार्यन्वयन नभएको देखिन्छ ।

श्रुती कर्ण उर्फ (पुजा) को बुबा करण कर्ण र आमा किरण कर्णले उनको विहे बारे जिम्मेवारी काका र काकिले लिएको जुन आज चित्रान्स पार्टी प्यालेस जनकपुरमा धुमधामकासाथ गराउने योजना निष्क्रिय रह्यो ।

थप जानकारी लिने क्रममा अहिले परिवार निकट श्रोतले बताए अनुसार श्रुति (पुजा) को बुवा विवाहको लागि राजि भएता पनि आमाले नमानेको साथै वालिका नेपालको कानुन बमोजिम विवाहको लागि योग्य समेत नरहेको बताएका छन् । काका र काकिले केटा खोजिदिएको तथा श्रुति (पुजा) को काकिका ”अनुसार आफ्नो परिवारलाई श्रुति (पुजा) को बुवा किरन कर्णको अनुरोधमा केटा खोजिदिएको” बारे अखबारपत्रलाई जानकारी गराएकी छिन् ।

अहिले आमा बुबालाई आफ्नै परिवारका केहि सदस्यले केटाको घरमा पुर्याउने हिसाबले इन्डिया सम्म लगेको बताएका छन् । निकट श्रोतले यो अपहरण शैलिमा यहाँ विवाह रोकि इन्डिया लगेर गर्न आटेको समेत बताएका छन् ।

 


प्रतिक्रिया