अभिनेत्री श्‍वेता खड्काले कसिन् लगनगाँठो




अखबारपत्र:काठमाडौँ, मङ्सिर २२ ।अभिनेत्री श्‍वेता खड्का आजबाट विजयेन्द्रसिंह रावतसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् ।उनीहरुले गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गरेका हुन् ।
नायिका खड्काले  बिहेको अघिल्लो दिन आइतबार आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।


प्रतिक्रिया