धादिंग धुनीबेसीमा एक युवती रुखमा झुण्डिएको अवस्थामा फेला




अखबारपत्र:धादिंग,२०७७ मंसिर २०।धादिंग धुनीबेसीमा एक युवती रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । धुनिबेशी नगरपालिका वडा नं ९ चापागाईथोक स्थित सुनारटोलमा एक युवती आँपको बोटमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको स्थानिय राजिब अधिकारीले बताएका छन ।

अन्दाजी ३० बर्ष नाम वतन खुल्न नसकेको युवती रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ,थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले बताए ।

घाँटिमा सिक्री हातमा चुरा रातो र खरानी कलरको सल निलो लंग सुइटर कालो जिन्स पेन्ट सेतो जुत्ता निलो मजा लगाएर झु’न्डि’एको अबस्था फेला परेको हो ।


प्रतिक्रिया