थप २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो




अखबारपत्र : काठमाडौं, मंसिर ९।नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  संक्रमितको संख्या भने १ हजार ७९० जना थपिएका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको बताए ।

जसमध्ये १९ हजार ९६३ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् ।

त्यस्तै थप  २ हजार ७९१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।


प्रतिक्रिया