कमेडियन भारती सिंहको घरमा छापा, सर्च गर्दा गांजा बरामद




अखबारपत्र : मंसिर ६ । कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ ।
बलीवुड ड्रग्स केसको सिलसिलामा नोरकोटिक्स कंट्रोल व्यूरो (एनसीबी)ले भारतीको घरमा छापा मार्दा उनको घरमा गांजा बरामद गरेको छ ।
नोरकोटिक्स कंट्रोल व्यूरो को मुम्बइ जोनल यूनिटले कमेडियन भारती सिंह र उनको पति हर्षको घरमा छापा मारेको थियो ।
भारती सिंह इन्डियन टेलिभिजनको एक चर्चित कमेडियन कलाकार हुन । यो भन्दा पहिले पनि एनसीबीले अर्जुन रामपाल र उनको गलफ्रेन्ड गेब्रिएलाको घरमा पनि छापा मारिसकेको छ ।
अर्जुन रामपालको घरमा छापा मार्दा ल्यापटप, मोबाइल, ट्याबलेट र अन्य इलेक्ट्रोनिंक्स ग्याजेट एनसीबीले जफत गरेको थियो ।
रामपालको घरमा छापा मार्ने एक दिन अघि नाडियावाला को पत्नी उपनगरिय जुहूमा उनको आफ्नै घर गांजा बराबद गरेको केसमा गिरफ्तार गरेको थियो ।


प्रतिक्रिया