२४ घण्टामा कोरोनाबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो




अखबारपत्र:काठमाडौं, कार्तिक १८।पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १४ लाख ८० हजारको पिसिआर परीक्षण भएको छ।

 


प्रतिक्रिया