२४ घण्टामा थप २९३३ जनामा संक्रमण पुष्टि, थप २४ जनाको मृत्यु




अखबारपत्र: कास्की ,कात्तिक १७ ।पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।
संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८.२ रहेको छ ।


प्रतिक्रिया