२४ घण्टामा नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण,थप १७ कोरोना संक्रमितको मृत्यु




अखबारपत्र:काठमाडौं, कार्तिक १३।पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

सोहि अवधिमा कोरोना मुक्तहुनेको संख्या ३ हजार ३८ रहेको छ । अव नेपालमा १ लाख २४ हजार ८६२ जना संक्रमण मुक्तभएका छन् ।

एकैदिन १७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण नेपालमा अहिले सम्म ९०४ जनाले ज्यान गुमाइसकेका छन् ।

अहिले नेपालमा ३८ हजार ९५२ संक्रिय संक्रमितको रहेका छन् ।


प्रतिक्रिया