२४ घण्टामा २ हजार २२५ जनामा संक्रमण पुष्टि थप १३ को मृत्यु




अखबारपत्र:  कात्तिक, काठमाडौं ८। पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसै गरी २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या ८४२ पुुगेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका छन । काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । नेपालमा हाल ३०७ जना आइसीयूमा रहेका छन् भने ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ भने नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया