थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण,काठमाडौँ उपत्यकामा १ हजार ५५२




Corona infection confirmed in 1039 people in 24 hours, 9 more traslate deaths

अखबारपत्र: काठमाडौं, कात्तिक ६ । नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

थप कोरोना संक्रमित मध्य काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।   हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया