कोरोना हब बन्दै काठमाडौं उपत्यका




अखबारपत्रः काठमाडौं,असोज २९ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६५९८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १२ लाख ३७ हजार ६३६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६५३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १२३३९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा २४१९४ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४८२५ जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३७४९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१७४५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३५६४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८४५१८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको पुष्टि भएको छ ।


प्रतिक्रिया