आक्वा आर.बी. ब्राण्डको पानी जारमा किरा




अखबारपत्रः काठमाण्डौ,असोज २५ । उपत्यकामा सप्लाई गरेको अक्वा आरबी नाम गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । कोटेश्वर नरेफाँटका उपभोक्ताले खानका लागि लिएर गएको पानीको जारमा किरा देखिएको हो ।
कोटेश्वर नरेफाँटमा बस्दै आएका निर्मल कंडेलले आफुले खानका लागि लगिएको आक्वा आरबी नामको पानीको जारमा किरा देखिएको अखबारपत्रलाई जानकारी गराए ।

२० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँभन्दा बढी लिन नपाइने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत साउन २४ गते पिउने पानीको अधिकतम खुद्रा मूल्य तोकेपनि कम्पनीले अधिकतम ६० रुपैयाँ प्रतिजारमा पानी विक्री वितरण गर्दै आएको छ ।

अक्वा फ्रिडम ब्राण्डको खाने पानीको जारमा पनि किरा

शिलबन्द गरेको खाने पानीको जारमा किरा पाइएको छ । काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका मुलुपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्राण्डको शिलबन्द जारको पानीका किरा परेको पाइएको हो । सो ब्राण्डको जारको पानीमा किरा परेको पाएपछि उपभोक्ता अधिकारकर्मिले पानी उत्पादन गर्ने उद्योग माथि कारवाहीका उजुरी गरेका छन । सो उद्योग माथि कारवाही गर्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विहिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेका छन ।

अध्यक्ष महर्जनले काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्राण्डको शिलबन्द जारको पानीमा किरा परेको पाएको पाएपछि कारवाहीका लागि विभागमा उजुरी गरेको बताए । उनले उक्ता किरा परेको पानीको जारको पानीलाई ६० रुपैयांमा बिक्रि बितरण गरेको पाइएको बताए ।


प्रतिक्रिया