नेपाल लायन्स क्लब काठमाण्डौ सनराइज तथा लियो सनराइज क्लबद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न




अखबारपत्र : ललितपुर,

असोज १७। नेपाल लायन्स क्लब काठमाण्डौ सनराइज तथा लियो सनराइज क्लबद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

असोज १७ शनिबार, कोभिड- 19 को माहामारीमा अस्पतालहरु हुन सक्ने रगत अभावलाई मध्य नजर गरेर कार्यक्रम आयोजना गरेको हो ।

ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रमको शुभारम्भ क्लबका अध्यक्ष प्रदिप कुमार कर्माचार्यले गरेका थिए । सहभागी रक्तदाताहरुलाई नेपाल लायन्स क्लब 325 A2 का प्रथम डिस्ट्रिक्ट गर्भनर केशब पाण्डे तथा चिफ एरिया कोडिनेटर विनिता मैँया नकर्मीद्धारा प्रमाणपत्र वितरण गरियो ।
उक्त कार्यक्रममा डिस्ट्रिक्टका लिडर्स तथा क्लबका पदाधिकारीहरु तथा लियो भाइ बहिनीहरुको बाक्लो उपस्थिति रहेको लायन दिपक खड्काले बताए ।

लायन दिपक खड्काका अनुसार मानव सेवानै जीवनको सर्वोेतम कार्य भएको र कोभिड १९ को विशम परिस्थितिमा अस्पतालहरुमा भइरहेको रक्त अभावलाइ कम गर्न सहयोग गर्ने हेतुले रक्तदान कार्यक्रम गरिएको बताए ।

कोरोना भाइरस (कोभिड-19) उपत्यकामा दिनानुदिन बढिरहेको र आगामी दिनको जटिल परिस्थतिलाई मध्यनजर गर्दै रगत अभाव नहोस भनेर रक्तदान गर्न आएको सुर्दशन कडेलले बताए । उनले अहिले सम्म २७ औ पटक रक्तदान गरिसकेको जानकारी गराए ।

क्लबले कोभिड १९ को संक्रमणलाई नियन्त्रण तथा न्युनिकरणका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । यसअघि पनि सन्तानेश्वरमा वृक्षारोपन, ट्राफिकहरुलाई माक्स तथा पंजा वितरण गरेको थियो ।

साथै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने क्लबका अध्यक्ष प्रदिप कुमार कर्माचार्यले बताए ।

नेपाल लायन्स क्लब काठमाण्डौ सनराइज तथा लियो सनराइज क्लबद्धारा आयोजित रक्तदान कार्यक्रम


प्रतिक्रिया