नेपाली कांग्रेस काठमाडौ-रामेछाप सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम




अखबारपत्र : काठमाडौ- असोज ४।  नेपाली कांग्रेस काठमाडौं-रामेछाप सम्पर्क समितिले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

छैटौं संविधान दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी काठमाडौंको प्राविधिक सहयोगमा नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौको कमलाक्षी चोकमा भएको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको थिए ।
समितिका अध्यक्ष राज नारायण श्रेष्ठका अनुसार मानवको सेवानै जीवनको सर्वोेतम कार्य हो, भनिन्छ रक्तदाननै जीवनदान हो । कोरोना भाइरस कोभिड १९ को महामारीको यस्तो विशम परिस्थितिमा अस्पतालहरुमा भइरहेको रक्त अभावलाइ कम गर्न सहयोग गर्ने हेतुले रक्तदान कार्यक्रम गरिएको श्रेष्ठले बताए ।

सम्पर्क समितिले यसअघि कोभिड १९ को संक्रमणलाई नियन्त्रण तथा न्युनिकरणका लागि रामेछाप जिल्लाका विभिन्न श्रेत्रमा निस्शुल्क स्वास्थ्य सुरक्षा सामग्री तथा दीर्घ रोगीका लागि आवश्यक औषधी उपलब्ध गराएको थियो ।

साथै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठले बताए ।


प्रतिक्रिया