कोभिड–१९ फोटो प्रतियोगिताका विजेता घोषणा




काठमाडौं । कोभिड–१९ फोटो प्रतियोगितामाको नतिजा घोषणा गरिएको छ । १८१औं विशव फोटोग्राफी दिवशको अवसरमा एक कार्यक्रम आयोजना गरि फोटो पसलले घोषणा गरेको हो । प्रतियोगितामा सहभागी सयौं फोटो प्रतिष्पर्धीमध्ये कैलालीका जग्गुप्रसाद चौधरीको फोटोले प्रथम स्थान हासिल गरेको छ, भने रविन कार्कीकाे फोटो दाेश्रो भएको छ । त्यस्तै, राधिका कंडेलको फोटोले तेस्रो स्थान हात पार्यो । देशभरबाट संकलन भएका फोटोहरुको छनौटको लागि तीनजनाको समिति बनेको जसमा बरिष्ठ फोटो पत्रकार विकास रौनियार, बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, बरिष्ठ पत्रकार मधुसुदन पौडेल थिए । उक्त समितिले सिफारिस गरेका तस्विरलाई विजेता घोषणा गरिएको बताइएको छ ।

प्रथम भएको तस्विर

कोरोना माहामारीको संक्रमणलाई ध्यान दिंदै भर्चुअल कार्यक्रम मार्फत प्रतियोगिताको विजेता घोषणा गरिएको फोटो पसल प्रालिका अध्यक्ष योगेन्द्रजंग बस्नेतले बताए । उनले भने, ‘कोभिड–१९ को असर, डर त्रासको बीचमा वितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय तथा असरबारे देशभरीबाट आएका फोटोहरु मध्ये उत्कृष्ठलाई विज्ञहरुले विजेताको लागि छनौट गर्नु भएको हो ।’ यस परिस्थितिमा सहभागिता जनाउने सवैलाई बस्नेतले धन्यवाद व्यक्त गरे ।  प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा बोल्दै बरिष्ठ फोटो पत्रकार विकास रौनियारले फोटो महत्वपूर्ण वस्तु भएकाले यो प्रतिष्पर्धाले कोभिडको असर तथा यसबाट बच्ने उपायबारे थप प्रचार प्रसार भएको तथा आगामी पुस्तालाई पनि काभिड बारे जानकारी गराउन सजिलो हुने बताए । उनले भने, ‘देशभरबाट आएका फोटोहरु मध्येबाट उत्कृष्ट १० को नाम घोषणा गरियो भने, तीनवटा विजेता घोषण गरियो ।’

दोश्रो भएको तस्विर

 

त्यस्तै, निर्णायक समितिका सदश्य तथा बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठले फोटोग्राफरले अझैं आफ्नो क्षमता थप तिखार्दै लानुपर्ने बताए । त्यस्तै, मधुसुदन पौडेलले उत्साहपूर्ण सहभागिता रहेको र फोटो पसलको यो प्रयाशले अझैं थप उत्साह प्रदान गर्ने बताए । आयोजक समितिका अध्यक्ष हरि पाण्डेले सहयाेगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । उनले अगामी दिनहरुमा यस्ता गतिविधीलाई थप प्रभावकारी बनाइदै लगिने उललेख गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए ।

तेस्रो भएको तस्विर

 


प्रतिक्रिया