सामाजिक फिल्म गर्न मनपर्छः उपासना




चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका उपासना सिंह ठकुरीले अभिनय गरेको दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ व्यापारिक रुपमा सफल भयो । चलचित्रले १० करोड भन्दा माथिको व्यापार गर्न सफल भयो भने नायिका उपासना सिंह ठकुरीको कामलाई पनि खुबै मन पराइयो ।

उनै, उपासनाले अब कस्तो चलचित्रमा काम गर्लिन् भन्ने खालको चर्चा पनि चलचित्र बजारमा खुबै चलेको छ । नायिका ठकुरी अब चलचित्र क्षेत्रमा लिडिङ लेडीको रुपमा अगाडि बढेको टिप्पणी पनि हुने गर्दछ ।

नायिका उपासनाले भने आफूलाई सामाजिक कथावस्तुमा बनेका चलचित्रमा काम गर्न मन लाग्ने बताएकी छिन् । उनले भनिन्–‘मलाई सधै नै सामाजिक कथाका चलचित्रमा काम गर्न मन लाग्छ । यही भएर नै मैले ‘कबड्डी कबड्डी कबड्डी’ रोजेकी हुँ ।’

उपासनालाई अहिले चलचित्रको अफर राम्रै आइरहेको छ । तर, उनले कुन चलचित्रमा काम गर्ने भन्ने पक्का गरेकी छैनन् ।


प्रतिक्रिया